एनसीसी बैंकको सेयर कारोबार फुकुवा « Arthapath.com
१६ असार २०८३, मंगलबार

एनसीसी बैंकको सेयर कारोबार फुकुवा



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको सेयर कारोबार फुकुवा भएको छ । एनसीसी बैंक कुमारी बैंकसंग मर्जर प्रक्रियामा रहेकोले सेयर कारोबार रोक्का भएका थियो ।

नेप्सेले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ को दफा १३ (१) बमोजिम आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने व्यवस्था अनुसार बैंकको सेयर कारोबार फुकुवा गरेको हो ।

अब बैंकको सेयर भोलि अर्थात मंगलबारदेखि नै कारोबारमा आउने छ । लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्