निर्जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन १३ अर्ब नाघ्यो: ९ लाख बीमालेख जारी, कुनको व्यापार कस्तो ? « Arthapath.com
२० मंसिर २०७९, मंगलवार

निर्जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन १३ अर्ब नाघ्यो: ९ लाख बीमालेख जारी, कुनको व्यापार कस्तो ?



काठमाडौं । निर्जीबन बीमा कम्पनीहरुले चार महिनामै १३ अर्ब बढी बीमा शुल्क आर्जन गरेका छन् ।

चालु आर्थिक वर्ष २०७९/८० को कात्तिक मसान्तसम्ममा निर्जीबन बीमा कम्पनीहरुले १३ अर्ब ३५ करोड ८५ लाख ८१ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको निर्जीबन बीमा व्यवसाय गर्ने बीमकहरुको विवरणले यस्तो देखाएको हो । सो अवधिमा कम्पनीहरुले ९ लाख १९ हजार १३८ बीमालेख जारी गरेका थिए ।

संचालनमा रहेका निर्जीबन बीमा कम्पनीहरुले कात्तिक महिनामा मात्रै २ अर्ब ५१ करोड ६१ लाख २९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । प्राधिकरणका अनुसार कात्तिकमा मात्रै कम्पनीहरुले २ लाख २९ हजार ६७० बीमालेख जारी गरेका छन् ।

कात्तिक मसान्तसम्ममा सबैभन्दा धेरै बीमा शुल्क राष्ट्रिय बीमा कम्पनीले गरेको छ । सो अवधिसम्म कम्पनीले १ अर्ब ३१ करोड ११ लाख ३१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो । सो अवधिसम्म कम्पनीले १५ हजार १२१ बीमालेख जारी गरेको थियो ।
कुल बीमा शुल्क धेरै आर्जन गर्ने दोस्रो स्थानमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कात्तिक मसान्तसम्ममा कम्पनीले ८१ हजार ६३८ बीमालेख जारी गरि कुल १ अर्ब २७ करोड ३ लाख ७७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।

सो अवधिमा सगरमाथा इन्स्योरेन्सले १ अर्ब ६ करोड ८७ लाख ८३ हजार र नेको इन्स्योरेन्सले १ अर्ब ४ करोड २६ लाख बीमा शुल्क आर्जन गरेका छन् । कात्तिक मसान्तसम्म यी दुवै कम्पनीले क्रमशः ७८ हजार ७७६ र ९५ हजार ८१८ बीमालेख जारी गरेका थिए ।

यस्तै, सिद्धार्थ इन्स्योरेन्सले ९४ करोड ५५ लाख ७२ हजार, हिमालयन एभरेष्टले ९० करोड ९६ लाख ४३ हजार, एनएलजी इन्स्योरेन्सले ७८ करोड ७ लाख ४३ हजार, प्रिमियरले ६९ करोड ४६ लाख १४ हजार, लुम्बिनी जनरलले ६६ करोड ५५ लाख ४० हजार, आईएमई जनरलले ६१ करोड १८ लाख ५८ लाख, अजोडले ६० करोड ६८ लाख ६५ हजार, नेपाल इन्स्योरेन्स कम्पनीले ५५ करोड ३३ लाख ७८ हजार, ओरियण्टल इन्स्योरेन्सले ५० करोड २९ लाख ५३ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यसैगरि कात्तिक मसान्तसम्म प्रभु इन्स्योरेन्सले ४८ करोड ९२ लाख ५० हजार, प्रुडेन्सियलले ४३ करोड ८७ लाख ९४ हजार, नेशनलले ३७ करोड १६ लाख ४७ हजार, सानिमा जनरलले ३० करोड १९ लाख ७८ हजार, जनरल इन्स्योरेन्सले २६ करोड ५० लाख ५० हजार, सानिमा जिआईसी ११ करोड ६० लाख ७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्