३ अर्ब ४ करोड लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आव्हान

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन अर्ब ४ करोड रुपैयाँ गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको सो रकम मुद्दति निक्षेपका रुपमा लगानी गर्ने भएको हो ।
केन्द्रीय बैंकले ’क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब ५३ करोड २० लाख, ’ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा १५ करोड २० लाख लाख र ’ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा ७ करोड ६५ लाख रुपैयाँ लगानी गर्ने भएको हो ।
उक्त लगानी रकम आउँदो पुस १ गतेदेखि २०८० मंसिर ३० गते ३६६ दिनको मुद्दति निक्षेपको रुपमा रहने बैंकले जनाएको छ ।
मुद्दति निक्षेपका रुपमा राख्न चाहाने बैंक तथा वित्तीय संस्थाहरुले रकम खुलाई मंसिर २० गतेदेखि २३ गते राती १२ बजेभित्र ब्याजदर प्रस्ताव पेश गर्नुपर्नेछ । ब्याजदर बैंकको इमेलमार्फत प्रस्ताव पेश गर्न सकिनेछ ।

