लिपुलेक सडकबारे नेकपाको आपत्ति

काठमाडौं ।भारतले लिपुलेकमा सडक निर्माण गरेकोबारे सत्तारुढ दल नेकपाले आपत्ति जनाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले शनिबार राति एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त कार्यको आपत्ति जनाएका हुन् ।
विज्ञतिप्मा कूटनीतिक माध्यमबाट सबै सीमा समस्याहरू समाधान गर्नुपर्नेमा जोड दिइएको छ । साथै उच्चस्तरीय राजनीतिक संयन्त्रमा छलफल गरेर विवाद समाधान गर्नुपर्ने बताइएको छ ।
नेकपाले सडक निर्माण कार्य तत्काल रोक्न र विवादलाई थप जटिल बनाउने कुनै गतिविधि नलिन चेतावनी दिएको छ ।
