अझै चार लघुवित्त र ११ बीमा कम्पनीको सेयर कारोबार रोक्का, कहिले हुन्छ त फुकुवा ? « Arthapath.com
२२ मंसिर २०७९, बिहीबार

अझै चार लघुवित्त र ११ बीमा कम्पनीको सेयर कारोबार रोक्का, कहिले हुन्छ त फुकुवा ?



काठमाडौं । मर्जर तथा एक्विजिशनका कारण हाल चार लघुवित्तसहित ११ बीमा कम्पनीहरुको सेयर कारोबार रोक्कामा छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार वटा लघुवित्त, ७ वटा जीवन बीमा र चार वटा निर्जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको हो । यी कम्पनीहरुले एक आपसमा गाभिनका लागि मर्जर सम्झौता गरेपछि सेयर कारोबार रोक्का भएको हो ।

चार लघुवित्तको सेयर कारोबार रोक्का

नेप्सेमा अझै चार लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का रहेको छ । नेप्सेमा आँधी खोला लघुवित्त, सीवाईसी नेपाल लघुवित्त, घोडीघोडा र समाज लघुवित्तको सेयर कारोबार रोक्कामा छ ।

नेप्सेमा आँधिखोला लघुवित्त र सीवाईसी लघुवित्त वित्तीय संस्थाको पनि हाल सेयर कारोबार रोक्का रहेको छ । यी दुवै कम्पनी एक आपसमा मर्जरमा जानका लागि सम्झौता गरेसंगै सेयर कारोबार रोक्का भएको हो । यी दुवै कम्पनीले एक आपसमा मर्जरमा जानका लागि गत असार २२ गते सम्झौता गरेका थिए । मर्जर सम्झौतासंगै यी दवै कम्पनीको गत असार २३ गतेदेखि सेयर कारोबार रोक्कामा राखिएको छ ।

यस्तै, समाज लघुवित्त र घोडिघोडा लघुवित्तको सेयर कारोबार २०७७ असोजदेखि रोक्कामा छ । यी दुई कम्पनीले आईपीओ नै निष्काशन नगरेका कम्पनीसँग मर्जर गर्ने सम्झौता गरेका छन् । आईपीओ निष्कासन नगरेका कम्पनीहरूसँग मर्जर सम्झौता गरेका समाज र घोडिघोडा लघुवित्तको सेयर कारोबार हालसम्म पनि रोक्का नै छ । समाज लघुवित्त स्वस्तिक लघुवित्तसँग मर्जरमा जान २०७७ असोज ५ गते सम्झौता भएको थियो । घोडिघोडा लघुवित्त र युनिक लघुवित्त एक आपसमा मर्जरमा जाने सम्झौता २०७७ कात्तिक २१ गते भएको थियो । यी कम्पनी एक आपसमा मर्जर भएर २०७८ पुस ३० गते एकीकृत कारोबार भइसकेको छ ।

आधा दर्जन बीमा कम्पनीको सेयर कारोबार रोक्का

नेप्सेमा हाल आधा दर्जन बीमा कम्पनीहरुको सेयर कारोबार रोक्कामा छ । मर्जर तथा एश्विजिशनका कारण नेप्सेमा ७ वटा जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्कामा राखिएको छ ।

गत वैशाख २९ गते मर्जर सम्झौता गरेपछि गुराँस लाइफ, युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्सको पनि सेयर कारोबार पनि रोक्का छ । मर्जरमा जानका लागि यी तीन वटा कम्पनीहरुले बीमा प्राधिकरणबाट गत जेठ ३ गते सैद्धान्तिक सहमति पाएका थिए । कम्पनीहरुले एकीकृत कारोबार भने आगामी पुसदेखिसुरु गर्ने तयार थालेको बताइएको छ ।

नेप्सेमा सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोबार पनि रोक्का रहेको छ । एक आपसमा मर्जरमा जानका लागि सम्झौता गरेपछि कम्पनीहरुको सेयर कारोबार रोक्का थियो । यी दुवै कम्पनीले मर्जरमा जानका लागि असार ३० गते सम्झौता गरेका थिए । बीमा प्राधिकरणले पनि मर्जरका लागि गत असार १३ गते नै सैद्धान्तिक सहमति दिएको थियो ।

यस्तै, नेप्सेमा रिलायन्स लाइफको पनि सेयर कारोबार रोक्कामा राखिएको छ । कम्पनीले सानिमा लाइफसंग मर्जर सम्झोता गरेको हो । तर, सानिमा लाइफको भने सेयर कारोबार फुकुवा भएको छ । यी दुवै कम्पनीले प्राधिकरणबाट गत असार २९ गते सैद्धान्तिक सहमति पाएका थिए । एकीकृत कारोबार भने आगामी पुस मसान्तदेखि गर्ने बताइएको छ । नेप्सेमा महालक्ष्मी लाइफ इन्स्योरेन्ससंग मर्जर सम्झौता गरेको प्रभु इन्स्योरेन्सको पनि सेयर कारोबार रोक्का छ ।

निर्जीवन बीमातर्फ चार कम्पनी

नेप्सेमा मर्जर सम्झौता गरेका चार वटा निर्जीबन बीमा कम्पनीहरुको सेयर कारोबार रोक्कामा राखिएको छ ।

नेप्सेमा हाल सगरमाथा इन्स्योरेन्स, लुम्बिनी इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्कामा छ । कम्पनीहरुले एक आपसमा मर्जरमा जानका लागि सहमति गरेसंगै सेयर कारोबार रोक्का भएको हो ।

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले मर्जरमा जानका लागि गत असार ३० गते सम्झौता गरेका छन् । यी दुवै कम्पनीहरूले पनि बीमा प्राधिकरणबाट गत असार ३० गते सैद्धान्तिक सहमति लिएका थिए । तर, एकीकृत कारोबार भने माघ देखि नै सुरु गर्नेगरि तयार भएको बताइएको छ ।

अब छिट्टै कारोबार फुकुवा हुने

हाल सेयर कारोबार रोक्कामा रहेका कम्पनी छिट्टै नै कारोबारमा आउने बताइएको छ । नेप्सेले पछिल्लो समय धमाधम सेयर कारोबार रोक्का रहेको कम्पनीको कारोबार फुकुवा गरिरहेको छ ।

नेपाल धितोपत्र बोर्डले मर्जर जाने कम्पनीको सेयर कारोबार निश्चित समयावधिसम्म मात्र रोक्का गर्न पाउने नीति लागू गरेको छ । नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजिशनमा जाने कम्पनीहरुको सेयर कारोबार सम्वन्धी बोर्डलेलाई जिम्मा दिएको हो ।

सूचीकृत कम्पनीहरुको लागि गाभ्ने÷गाभिने तथा प्राप्ति सम्वन्धी निर्देशिका २०७९, कार्यान्वयनमा आएको छ । अब मर्जर तथा एश्विजिशनका कारण सेयर कारोबार रहेका कम्पनीहरुको सेयर कारोबार फुकवा हुने भएको हो ।

नयाँ निर्देशिका अनुसार मर्जर तथा एक्विजिशन प्रक्रिया पुरा भईसकेपछि एकीकृत कारोबार सुरु भएको बढीमा १५ दिन मात्र सेयर कारोबार रोक्का राख्नुपर्ने व्यवस्था रहेको छ । सो व्यवस्था अनुसार अब लामो समयदेखि कारोबार बन्द भएका लघुवित्तको सेयर फुकुवा हुने भएको हो ।


प्रतिक्रिया दिनुहोस्