श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गर्यो ५ जना संचालक चयन

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले ५ जना संचालन चयन गरेको छ ।
कम्पनीको मंसिर २३ गते सम्पन्न विशेष साधारण सभाले संस्थापक समूह तर्फबाट २ र सर्वसाधारण समूह तर्फबाट ३ जना संचालक चयन गरेको हो । संस्थापक समूह तर्फबाट शशिराज पाण्डे र दिनेश राज जोशी सर्वसाधारण समूह तर्फबाट राम कृष्णा शर्मा वाग्ले, उमेश भगत प्रधानाङ र महेश प्रसाद अधिकारीाई नियुक्त गरेको हो ।
साथै, संस्थापक समूह तर्फबाट ३ जना हुनुपर्नेमा २ जना संचालन निर्वाचित भएको हुदाँ १ जना संचालक रिक्त रहेको कम्पनीले जनाएको छ ।
