जीवन बीमा कम्पनीले कर्मचारी बोनसका छुट्याउने रकम ६०%ले वृद्धि: तीन वटाको २ करोड माथि, अन्यको कति ?
काठमाडौं । संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले कर्मचारी बोनस व्यवस्थाका लागि साढे १९ करोड बढी छुट्याएका छन् ।
कम्पनीहरुको वित्तीय रिर्पोट अनुसार कर्मचारी बोनस व्यवस्थाका लागि १९ करोड ७८ लाख ६७ हजार रुपैयाँ छुट्याएका हुन् । यो चालु आवको असोज मसान्तसम्मको तथ्याङ्क हो । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५९.९३ प्रतिशतले बढी हो । गत वर्षको असोज मसान्तसम्ममा कम्पनीहरुले कर्मचारीहरुको बोनसका लागि १२ करोड ३७ लाख २१ हजार रुपैयाँ छुट्याएका थिए ।
सो अवधिमा कर्मचारीहरुको बोनस व्यवस्थाका लागि सबैभन्दा धेरै रकम छुट्याएको छ । कम्पनीले २ करोड ५५ लाख ६४ हजार रुपैयाँ रकम छुट्याएको हो । गत वर्षको तुलनामा भने ४४ लाख २६ हजार रुपैयाँ मात्र छुट्याएको थियो ।
कर्मचारीहरुलाई धेरै बोनस व्यवस्था गर्नेहरुको दोस्रो स्थानमा सूर्या लाइफ देखिएको छ । कम्पनीले चालु आवको असोज मसान्तसम्ममा कर्मचारीहरुको बोनसका लागि २ करोड ३० लाख ३९ हजार रुपैयाँ रकम छुट्याएको छ । गत वर्षको सोही अवधिको तुलनामा भने ८२.५३ प्रतिशतले बढी हो । तेस्रो स्थानमा रहेको ज्योति लाइफ भने २ करोड ३९ लाख १९ हजार रुपैयाँ छुट्याएको छ ।
चालु आवको तीन महिनामा कर्मचारीको बोनसका लागि सबैभन्दा कम रकम लाइफ नेपाल कर्पोरेशनले १४ लाख ५५ हजार रुपैयाँ छुट्याएको छ ।
सो अवधिमा कर्मचारीहरुको बोनस व्यवस्थाका लागि सन नेपाल लाइफले १ करोड ६७ लाख १० हजार रुपैयाँ, रिलायन्स लाइफले १ करोड ४६ लाख ४२ हजार रुपैयाँ, नेशनल लाइफले १ करोड ४१ लाख ८३ हजार, एशियन लाइफले १ करोड ३० लाख, मेट लाइफले १ करोड ६ लाख, रिलायवल नेपालले १ करोड रुपैयाँ छुट्याएका छन् ।
यस्तै, सिटिजन्स लाइफले ७८ लाख १८ हजार, आइएमई लाइफले ७२ लाख ५७ हजार, गुराँस लाइफले ६३ लाख ५० हजार, प्राइम लाइफले ५८ लाख ४० हजार, सानिमा लाइफले ५६ लाख ३१ हजार, प्रभु लाइफले ३७ लाख ७४ हजार, महालक्ष्मी लाइफले ३६ लाख २६ हजार रुपैयाँ कर्मचारी बोनस व्यवस्थाका लागि छुट्याएका हुन् ।
त्यसैगरि चालु आवको पहिलो तीन महिनामा यूनियन लाइफले २७ लाख ८३ हजार र राष्ट्रिय बीमा संस्थानले १५ लाख ४४ हजार रुपैयाँ कर्मचारीहरुको बोनस व्यवस्थाका लागि रकम छुटयाएको हो ।














