वाणिज्य बैंकहरुले बढाएनन् ब्याजदर, पुसमा पनि मंसिरकै ब्याजदरलाई निरन्तरता
काठमाडौं । आगामी पुस महिनामा ब्याजदर नबढ्ने भएको छ । पुस महिनामा वाणिज्य बैंकले मंसिरकै ब्याजदरलाई निरन्तरता दिने भएको हो ।
वाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स संघको मंगलबार बसेको बैठकले पुसमा पनि मंसिर महिनाकै दरलाई निरन्तरता दिने निर्णय गरेको हो ।
बैंकहरुले मंसिरमा पनि अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका थिए । यता, विकास बैंक र फाइनान्सले पनि पुसमा मंसिरकै ब्याजदर यथावत राख्ने भएका छन्।
बैंकहरुले मंसिरमा पनि ब्याजदर बढाएका थिएनन्। मंसिरमा बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत तथा बचतको न्युनतम ७.१३३ प्रतिशत र अधिकतम ९.१३३ प्रतिशतसम्म कायम गरेका छन् ।













