ए टु जेड अनलाइन बजारमा समृद्धि फाइनान्सका ग्राहकलाई १५ हजारसम्म छुट

काठमाडौं । समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजार बिच मंसिर २९ गते सम्झौता भएको छ । यो सम्झौता पछि समृद्धि फाइनान्सका ग्राहकहरुलाइ ए टु जेड अनलाइन बजारबाट लेक्ट्रो ब्रान्डको इ–साइकल खरीद गर्दा सबै मोडेलमा फ्लाट .१५००० सम्म छुट दिने भएको हो ।
सो सम्झौता पत्रमा समृद्धि फाइनान्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री गोकर्ण दुवाडी र ए टु जेड अनलाइन बजारका प्रमुख कार्यकारी अधिकृत श्री बिकाश भण्डारीले हस्ताक्षर गरेका हुन ।
समृद्धि फाइनान्सका ग्राहकले डेबिट कार्ड, मोबाइल बैंकिंग, र क्युआर कोर्ड मार्फत लेक्ट्रो ब्रान्डको इ–साइकल खरीद गर्दा सबै मोडेलमा फ्लाट रू १५००० छुट हुने यस संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत श्री सुरज कुमार सर्राफले जनाउनु भएको छ ।