श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुत्तलापूँजीको २.४० प्रतिशत बोनस र ५.२० प्रतिशत नगद गरी कुल ७.६० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ कम्पनीको आगामी २८औं वार्षिक साधारण सभाले पारित गरे पछि मात्र शेयरधनीहरुलाई लाभांश वितरण गरिनेछ ।
