फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले घोषणा गर्यो लाभांश: सेयरधनीलाई २५ प्रतिशत बोनस, नगद कति ?

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीले पुस ४ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश (नगद लाभांश तथा बोनस सेयरमा लाग्नेकर समेतका लागि ) दिने भएको हो ।
प्रस्तावित सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
