मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफा नौ करोड ५८ लाख - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफा नौ करोड ५८ लाख



काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा १४.३१५ थोरै हो । गत वर्ष यस कम्पनीले ११ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी भने २१.७१५ ले बढेर ३१ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

गत वर्ष यसले २५ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । कम्पनीले सञ्चालन नाफा भने १७ करोड ५७ लाख रुपैयाँबाट घटेर १२ करोड १५ लाख रुपैयाँमा झरेको छ । हाल यसको चुक्ता पुँजी ८५ करोड ५१ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा २४ करोड ५२ लाख रुपैयाँ छ ।

मेरोको खराब कर्जा भने घटेको छ । गत वर्ष २.०५५ रहेको यसको खराब कर्जा यो त्रैमासमा घटेर १.९०५ कायम भएको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९४ पैसा ९वार्षिक० रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ भने १३३ रुपैयाँ ३६ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्