२० श्रावण २०८३, बुधबार

एकै दिनमै बढ्यो बैंकिङ प्रणालीमा ३ अर्ब निक्षेप: कर्जा प्रवाह सुस्त, सीडी रेसियो कति ?



काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप थपिने क्रम जारी छ । पछिल्लो केही दिन बैंक तथा वित्तीय संस्थामा निक्षेप ३ अर्ब रुपैयाँले वृद्धि भएको हो ।

नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्याङ्क अनुसार पुस ३ गते ५२ खर्ब ५४ अर्ब रुपैयाँ रहेको निक्षेप पुस ४ गते भने बढेर ५२ खर्ब ५७ अर्ब रुपैयाँ हो ।

सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह भने १ अर्ब रुपैयाँले मात्र वृद्धि भई ४७ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । पुस ३ गते आइतबार भने बैंक तथा वित्तीय कम्पनीहरुको कर्जा प्रवाह ४७ खर्ब ५९ अर्ब रुपैयाँ रहेको थियो ।

सो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन पनि ३ अर्ब रुपैयाँले वृद्धि भई ४६ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । पुस ३ गते भने बैंकहरुमा ४६ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । सो अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४२ खर्ब १४ अर्ब रुपैयाँ रहेको छ । पुस ३ गतेको तुलनामा भने एक दिनमा जम्मा १ अर्ब रुपैयाँले मात्र कर्जा प्रवाह भएको हो । सो दिन बैंकहरुको कर्जा प्रवाह ४२ खर्ब १३ अर्ब रुपैयाँ रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा बैंकहरुको सीडी रेसियो ८५.८६ प्रतिशतबाट ८५.९३ प्रतिशत पुगेको छ ।