लाभांश पारितका लागि आइसिएफसिले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ? « Arthapath.com
७ पुष २०७९, बिहीबार

लाभांश पारितका लागि आइसिएफसिले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । आइसिएफसि फाइनान्सले साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले १९औं वार्षिक साधारण सभा पुस २९ गते अमृतभोग, कालिकास्थान, काठमाडौँमा बोलाएको छ ।

सभामा लाभांश प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा रहेको छ । सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

सोही सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले पुस १९ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्