आइसीएफसी फाइनान्सले शेयरधनी बनायो मख्ख, बुक क्लोज कहिले ? « Arthapath.com
७ पुष २०७९, बिहीबार

आइसीएफसी फाइनान्सले शेयरधनी बनायो मख्ख, बुक क्लोज कहिले ?



काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको पुष ६ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ । लाभांश प्रस्ताव पारित गर्न पुष २९ गते १९औं वार्षिक साधारण सभा बोलाएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पीले पुष १८ गते बुक क्लोज गर्ने भएको हुदाँ पुष १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्