मल्टीपर्पस फाइनान्सको साधारण सभा पुष ३० गते, हकप्रद शेयर प्रस्ताव मुख्य एजेण्डा « Arthapath.com
१० पुष २०७९, आईतवार

मल्टीपर्पस फाइनान्सको साधारण सभा पुष ३० गते, हकप्रद शेयर प्रस्ताव मुख्य एजेण्डा



काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको २५औं वार्षिक साधारण सभा पुष ३० गतेका लागि बोलाएको छ । सभा कम्पनीको केन्द्रिय कार्याल राजिविराज सप्तरीमा दिउँसो १ बजे बस्ने गरी आव्हान गरेको हो।

सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.३५ अनुपातमा हकप्रद शेयर निष्कासन गरी पूँजी ६१ करोड रुपैयाँ पु र्‍याउने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यसैगरी सभाले हाल कम्पनीको पूँजी संमरचना संस्थापक तर्फ ६० प्रतिशत र सर्वसाधारण तर्फ ४० प्रतिशत रहेकोमा संस्थापक ५१ प्रतिशत र सर्वसाधारण ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साथै, क्रम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिकका लागि लेखा परीक्षकको नियु्रक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्र्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुष २० गते बुक क्लोज गर्ने भएको हुदाँ पुष १९ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्