यस्तो बन्यो नयाँ मन्त्रीमण्डल, कसलाई कुन मन्त्रालय ?
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरुले सपथ लिएका छन् । प्रधानमन्त्रीका रुपमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सपथ लिएका हुन् ।
नले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रचण्ड नेतृत्वको सरकार नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति र जनमत पार्टीको समर्थनमा प्रधानमन्त्री बनेका हुन् ।
प्रधानमन्त्रीपछि दोस्रो वरियताको उप्रधानमन्त्री सहित अर्थमन्त्रीको रुपमा विष्णु पौडेल नियुक्त भएका छन् । यस्तै, उप्रधानमन्त्रीसहित माओवादी केन्द्रका नारायण काजी श्रेष्ठले भौतिक पूर्वाधार र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले गृहमन्त्रीमा नियुक्त भएका छन् । यी तीनै उप्रधानमन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् ।
यस्तै, एमालेबाट ज्वालाकुमारी साह, राजेन्द्र कुमार राई र दामोदर भण्डारी, जनमत पार्टीका अब्दुल खान पनि मन्त्री बनेका छन् । उनीहरुको कार्यभार भने पछि तोकिने भएको छ ।
संविधानअनुसार प्रधानमन्त्रीहित बढीमा २५ सदस्यीय मन्त्रीपरिषद् गठनको प्रावधान छ । सोही बमोजिम अब प्रधानमन्त्री प्रचण्डलाई १७ मन्त्री थप गर्न सुविधा रहेको छ ।













