७ श्रावण २०८३, बिहिबार

सुपरमाई हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम मौका, २० हजार कित्तासम्म भर्न पाईने



काठमाडौं । सुपरमाई हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम मौका रहेको छ ।

गत मंसिर २१ गतेबाट निष्काशन गरेको आईपीओ खरिदका लागि आयोजना प्रभावित स्थानीयले आजसम्म मात्र आवेदन दिन सक्नेछन् । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि स्थानीयसँगै विक्री खुला गरी पुस ६ गते विक्री बन्द गरेको थियो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पूँजी ५० करोडको १० प्रतिशतले हुन आउने ५ करोड बराबरको ५ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो भने ५० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरिने शेयरमध्ये ४० प्रतिशत अर्थात् २ लाख कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्रका बासिन्दाहरूमा र बाँकी ६० प्रतिशत अर्थात् ३ लाख कित्ता सो क्षेत्र बाहेकका इलाम जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूमा बाँडफाँट गरिने कम्पनीले जनाएको छ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्