बुधबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । सरकारले समग्र अर्थतन्त्रसहित पुँजी बजार सुधार योजना आफ्नो मुख्य प्राथमिकतामा राखेपछि सेयर बजारमा २ रौनक देखिएकोमा आज केही सामान्य अकंले घट्न पुगेकोछ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.८१ अकंले घटेर १९७२.१५ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५७ कम्पनीको ६५ लाख ३० हजार ४१५ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब १५ करोड ३५ लाख ४७ हजार २०७ रुपैयाँको कारोबार भएको छ ।
आज महुली लघुवित्तका शेयरधनीहरुले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ५.२० प्रतिशतले घटेको हो । साथै, अजोड इन्स्योरेन्सको ४.०६ प्रतिशत, समुदायिक लघुवित्तको ३.९३ प्रतिशत र नाडेप लघुवित्तको ३.६५ प्रतिशतले घटेको हो ।
