कुमारी बैंकको वितरणयोग्य नाफा ४ करोड ५० लाख बढी
काठमाडौं । कुमारी बैंकले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले रु १ अर्ब १ करोड २७ लाखभन्दा बढी खुद नाफा गरेको छ । तर गत बर्ष कुमारी बैंकले सोहि अवजधिसम्ममा रु १ अर्ब ३२ लाख मात्रै रहेको थियो ।
बैंकको वितरणयोग्य नाफा रु ४ करोड ५० लाख ६१ हजार रहेको छ ।
गत वर्ष तेस्रो त्रैमाससम्म रू. १ अर्ब ४२ करोड ८६ लाखभन्दा बढी सञ्चालन नाफा गरेको उक्त कम्पनीले रू १ अर्ब ४८ करोड ८९ लाखभन्दा बढी सञ्चालन नाफा गरेको छ । यस वर्ष सञ्चालन नाफा ४ दशमलव २१ प्रतिशत बढी छ ।
खुद व्याज आम्दानी गत वर्ष रु २ अर्ब २३ करोड ३० लाखभन्दा बढी रहेकामा यस बर्ष रु २ अर्ब ७५ करोड २६ लाख भन्दा बढी आम्दानी गरेको छ ।
त्यस्तै यस बर्ष बैंकको १० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. ९ अर्ब ५५ करोड ४१ लाख ३० हजार पुर्याएको छ । यस बर्ष जगेडाकोष रकम रू. ३ अर्ब ५० करोडभन्दा बढी रहेको छ । बैंकको रु ८५ अर्ब ५० करोड ६७ लाखभन्दा बढी निक्षेप संकलन गरेको छ । त्यस्तै ८९ अर्ब ७० करोड ५० लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
















