कोरोना भाइरसका कारण विश्वभर २ लाख ८६ हजारको मृत्यु « Arthapath.com
३० बैशाख २०७७, मंगलवार

कोरोना भाइरसका कारण विश्वभर २ लाख ८६ हजारको मृत्यु



काठमाडौं । कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ८६ हजार ९ सय ८६ पुगेको छ । कोरोना भाइरसबाट ४२ लाख ५० हजार ८ सय ६२ जना संक्रमित रहेका छन् । तर, संक्रमितमध्ये १५ लाख २५ हजार १ सय ९३ जना उपचारपछि घर फर्किएका छन् । २४ लाख ३८ हजार ६ सय ८३ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४६ हजार ९५६ जनाको अवस्था गम्भीर छ ।

सबैभन्दा बढी कोरोनाको संक्रमण फैलिएको मुलुक अमेरिकामा ज्यान गुमाउनेको संख्या ८१ हजार ७२४ पुगेको छ । पछिल्लो २४ घण्टामा १७ हजार ४३ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १३ लाख ८४ हजार ६८१ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्