देश र जनता सुरक्षित नभई विकास हुन सक्दैन: भीम रावल « Arthapath.com
३० बैशाख २०७७, मंगलवार

देश र जनता सुरक्षित नभई विकास हुन सक्दैन: भीम रावल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा सांसद डा. भीम रावलले देश र जनता सुरक्षित नभई कुनै पनि विकासका गतिविधि अगाडी बढ्न नसक्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘देश सुरक्षित नभई, जनता सुरक्षित नभई त्यहाँ कुनै पनि विकासका गतिविधि अगाडी बढ्न सक्दैन, त्यसकारण यो राष्ट्रिय सुरक्षालाई प्रथामिकतामा राख्नुपर्छ, उनले भने ।’

सीमानाकामा आवश्यक सुरक्षाकर्मी खटाउन पनि उनले माग गरेका छन् । सांसद रावलले कोरोना भाइरस नियन्त्रण गर्नका लागि सीमानाकामा खटाइएको सुरक्षाकर्मिहरू नै विचल्लीमा परेकोले उनीहरुको तत्काल उद्धार गर्न पनि सरकारको ध्यानआकर्षण गरे ।

ग्रामीण क्षेत्रमा उत्पादन हुने तरकारी सडेर जाने अवस्था आएको तर भारतबाट ट्रकका ट्रक तरकारी नेपाल भित्रिरहेको उल्लेख गर्दै रावलले बजेटमा यस्ता विषयमा ध्यान दिन आग्रह गरे ।

सरकारले समाजवाद उन्मुख अर्थतन्त्र र कल्याणकारी राज्यको सिद्धान्तको अवधारणा अघि सारे पनि व्यवहारमा दलाल, नोकरशाही र पूँजीपतिहरुलाई प्रश्रय दिइएको उनले बताए । रावलले आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा केन्द्रित भएर ल्याउनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्