११ श्रावण २०८३, सोमबार

रिलायन्स लाइफले कायम गर्यो नयाँ बोनस दर, कुनमा कति ?

रिलायन्स लाइफले कायम गर्यो नयाँ बोनस दर, कुनमा कति ?



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर कायम गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ सम्मको बीमाङ्कीय मूल्याङ्कन अनुसार बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले मुनाफामा सरिक हुने सम्पूर्ण जीवन बीमालेखहरुको लागि उक्त अवधिको प्रतिवर्ष प्रतिहजार बीमाङ्कमा बोनसदर निर्धारण गरेको हो । इन्स्योरेन्स कम्पनीले सावधिक जीवन बीमा योजनामा न्युनतम प्रतिहजार ३० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस प्रदान गर्ने भएको छ । कम्पनीले सावधिक बीमा योजना तर्फ ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस दर कायम गरेको छ ।

सावधिक तथा आजीवन बीमा योजनामा ३० रुपैयाँदेखि ४५ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक बीमामा ४१ रुपैयाँदेखि ४५ रुपैयाँ, वार्षिक अग्रिम भुक्तानी–मुद्दति नियमित शुल्क बीमामा २४ रुपैयाँ बोनस दर कायम गरेको छ ।

यस्तै, वार्षिक अग्रिम भुक्तानी–मुद्दति एक बीमा शुल्क बीमामा ५४ रुपैयाँ, सामुहिक सावधिक तर्फ १९ रुपैयाँ र सिमित भुक्तानी सावधिक बीमा योजना तर्फ ४० रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनस दर कायम गरेको छ ।

उक्त बोनसदर मृत्यु दाबी, समर्पण दाबी, चुक्ता मूल्य दाबी, अवधि भुक्तानी दाबी र चालू बीमालेखहरुमा लागू हुने छ । साथै अर्काे बीमाङ्कीय मूल्याङ्कन अनुसार समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दाबीहरुमा समेत सोही बोनसदर लागु हुनेछ ।

विस्तृमा हेर्नुहोस्