लगानीको अवसर: एनआईबिएल ग्रोथ फण्डमा आवेदन दिने आज अन्तिम मौका - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

लगानीको अवसर: एनआईबिएल ग्रोथ फण्डमा आवेदन दिने आज अन्तिम मौका



काठमाडौं । एनआईबिएल एस क्यापिटलको एनआईबिएल ग्रोथ फण्डमा आवेदन दिने आज अन्तिम मौका रहेको छ ।

क्यापिटलले गत पुस ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एनआईबिएल ग्रोथ फण्डमा आजसम्म आवेदन दिन सकिने भएको हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १६ करोड इकाई निष्काशन तथा बिक्री खुला गरेको हो । सोमध्ये १ प्रतिशत अर्थात १६ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरिएको छ भने १९ प्रतिशत अर्थात ३ करोड ४ लाख इकाई कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेन्ट बैंकका लागि सुरक्षित गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी १२ करोड ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड ६० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्ड एक बन्दमुखि योजना हो। योजनाको कुल आकार १ अर्ब ६० करोड रुपैयाँ रहेको छ । यस निष्काशनमा न्यूनतम ८ करोड इकाई बिक्री हुनु पर्नेछ । सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता गरिने क्यापिटलले जनाएको छ ।

यस योजनाको अवधि बाँडफाँट भएको मितिले १० वर्ष हुनेछ। सोपश्चात योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानून बमोजिम वितरण गरिने क्यापिटलले जनाएको छ ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।


प्रतिक्रिया दिनुहोस्