५२४ प्रतिशतले बढ्यो लघु जीवन बीमा व्यवसाय, साढे ४३ लाख बीमा पोलेसी सक्रिय
५२४ प्रतिशतले बढ्यो लघु जीवन बीमा व्यवसाय, साढे ४३ लाख बीमा पोलेसी सक्रिय
काठमाडौं । जीवन बीमा कम्पनीहरुको लघुबीमा व्यवसाय उल्लेख्य मात्रामा वृछि भएको छ । जीवन बीमा कम्पनीहरुले लघुबीमाबाट चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिनामै झण्डै १ अर्ब बीमा शुल्क संकलन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले हालै प्रकाशित गरेको तथ्याङ्कले यस्तो देखाएको हो । कम्पनीहरुले लघुबीमा व्यवसायबाट चालु आवको मंसिर महिनासम्म ९५ करोड ३१ लाख १९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । जुन गत साउन महिनाको तुलनामा ५२४.२८ प्रतिशतले बढी हो । चालु आवको पहिलो महिना अर्थात साउनमा भने कम्पनीहरुले यो व्यवसायबाट ३८ करोड ९६ लाख ४१ हजार रुपैयाँ मात्र बीमा शुल्क आर्जन गरेका थिए ।
प्राधिकरणका अनुसार चालु आवको मंसिर महिनासम्ममा लघुबीमा तर्फ कुल ४३ लाख ५७ हजार ८६ बीमालेख सक्रिय देखिएका छन् । गत साउन महिनामा भने लघु जीवन बीमा तर्फ ३६ लाख ४७ हजार २०७ बीमालेख सक्रिय रहेको थियो ।
प्राधिकरणका अनुसार लघु जीवन बीमाबाट भदौ महिनामा ३८ करोड ९६ लाख ४१ हजार रुपैयाँ, असोजमा ५७ करोड ८३ लाख ८१ हजार र कात्तिक ७७ करोड ५ लाख ४१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।
लघु जीवन बीमाबाट मंसिर महिनासम्ममा सबैभन्दा धेरै बीमा शुल्क बागमती प्रदेशमा संकलन भएको छ । सो अवधिमा बागमतीमा मात्रै ६७ करोड १० लाख ९२ हजार रुपैयाँ बीमा शुल्क संकलन भएको हो । सो प्रदेशमा कुल ३३ लाख ५६ हजार ६४५ बीमालेख सक्रिय रहेका छन् ।
दोस्रो स्थानमा रहेको प्रदेश १ बाट ८ करोड ३८ लाख १३ हजार रुपैयाँ बीमा शुल्क संकलन भएको छ । सो प्रदेशमा लघु जीवन बीमा तर्फ कुल २ लाख ५७ हजार ३८३ बीमालेख सक्रिय रहेका छन् ।
तेस्रो स्थानमा रहेको लुम्बिनी प्रदेशबाट भने ८ करोड ७ लाख ७९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो । लुम्बिनीमा लघु जीवन बीमा तर्फ कुल २ लाख ८५ हजार ५३१ बीमालेख सक्रिय देखिएको छ ।
यस्तै, गण्डकी प्रदेशमा ६ कारेड १८ लाख ७१ हजार रुपैयाँ, सुदुरपश्चिममा ३ करोड ३५ लाख ३१ हजार, मधेशमा १ करोड १२ लाख ९४ हजार र कर्णाली प्रदेशमा १ करोड ७ लाख ३९ हजार रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । सो अवधिमा यी प्रदेशमा क्रमशः २ लाख ६७ हजार ५८४, १ लाख ४२ हजार ९१५,२७ हजार ८५३ र १९ हजार १७५ बीमालेख सक्रिय देखिएका छन् ।













