८ प्रतिशत बोनस पारितका लागि नेपाल इन्स्योरेन्सको साधारण सभा भोलि
८ प्रतिशत बोनस पारितका लागि नेपाल इन्स्योरेन्सको साधारण सभा भोलि
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७४औं वार्षिक साधारण सभा भोलि (पुष २२ गते) का लागि बोलाएको छ । कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरलाई ८ प्रतिशत बोनस र ०.४२११ प्रतिशत नगद लाभांश पारित गर्ने छ ।
कम्पनीको शेयर स्वामित्व संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत कायम राख्ने , आव २०७८।०७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने , आर्थिक वर्ष २०७९।०८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै,सभाले निर्जीवन बीमा ब्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकारलाई निरन्तरता दिने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुष ८ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुष ७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।













