२४ श्रावण २०८३, आइतबार

निफ्राको ऋणपत्र बाँडफाँट सम्पन्न, ब्याजदर कति ?



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ऋणपत्र बाँडफाँट सम्पन्न गरेको छ । कम्पनीले मंसिर २९ गतेदेखि पुष १४ गतेसम्म विक्री गरेको ७ प्रतिशत ब्याजदरको ऋणपत्र पुष २१ गते बाँडफाँट गरेको हो ।

कम्पनीले रितपूर्वक आवेदन दिएका आवेदकहरूलाई २२ लाख ८९ हजार ८१३ कित्ता ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले ७ वर्षे अवधिको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५÷८६’ नामको ऋणपत्र निष्कासन गरेको हो । ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिने छ ।

कम्पनीले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र विक्रीमा ल्याएको थियो । निष्कासन कुल कित्तामध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता कम्पनी आफैले व्यक्तिगत तवरबाट विक्री गर्ने र बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा विक्री गरीएको थियो ।

सर्वसाधारणमा विक्री गरिने कुल कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याएको थियो । यो ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ