मेगा बैंकको खुद नाफा गत बर्षभन्दा २३ करोड बढी
काठमाडौं । मेगा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा १९.५० प्रतिशतले बृद्धि भएको छ । बैंकको खुद नाफा १ अर्ब ४५ करोड १० लाख रुपैयाँ रहेको छ, जुन गत बर्षको सोहि अवधिभन्दा २३ करोड बढी रहेको छ ।
बैंकको वितरणयोग्य नाफा ४५ करोड ९८ लाख ४७ हजार रुपैयाँ, ८५ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन र ७८ अर्ब ७४ करोड लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । खुद ब्याज आम्दानी बढेर ३ अर्ब १८ करोड ३३ लाख रुपैयाँ र सञ्चालन नाफा पनि बढेर २ अर्ब ७ करोड ७५ लाख पुगेको बैंकले जनाएको छ ।
बैंकको खराब कर्जा अनुपात घटेर १.३२ प्रतिशतमा झरेको छ । त्यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १३२.१९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०.६७ गुणा, निक्षेप संकलन लागत ७.१८ प्रतिशत, आधारदर ९.९४ प्रतिशत, स्प्रेडदर ५.२२ प्रतिशत र पुँजीकोष अनुपात १२.५६ प्रतिशत रहेको छ ।
















