एक कम्पनीले पठायो सम्वन्धित सेयरधनीको खातामा लाभांश, तपाईकोमा आयो ! छैन् भने यसो गर्नुहोस्
काठमाडौं । युनाइटेड इदी मार्दी एन्ड आर बी हाइड्रोपावरले शेयरधनीको खातामा लाभांश पठाएको छ ।
कम्पनीले पुष १८ गतेदेखि डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीको खातामा १०.५२६ प्रतिशत नगद लाभांश (कर सहित) जम्मा गर्न सुरु गरेको छ ।
कम्पनीले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खातामा बैंक खाता र प्यान नंम्बर अद्यावधिक गर्न भनेको छ । डिम्याट खातामा बैंक खाता र प्यान नंम्बर अद्यावधिक गरे पछि मात्र नगद लाभांश पाइनेछ ।
कम्पनीको मंसिर २८ गते बसेको साधारण सभाले आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीलाई जम्मा १०.५२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।













