राष्ट्र बैंकको कारबाहीमा ६ विकास बैंक र चार वटा फाइनान्स कम्पनी, कुन-कुन परे ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आधा दर्जन बढी विकास बैंक र चार वटा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ ।
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा नियम उलंघन गर्ने ६ वटा विकास बैंकहरु राष्ट्र बैंकको कारबाहीमा परेका हुन् ।
राष्ट्र बैंकले अनिवार्य मौज्दात नपुर्याएको, विपन्न वर्गामा तेकिएअनुसार कर्जा नदिएको तथा कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट, नारायणी, सप्तकोशी, सिन्धु विकास बैंक र सालपा विकास बैंकलाई जरिवना गरेको हो ।

यस्तै फानान्स तर्फ भने नेपाल फाइनान्स, जानकी, समृद्धि र प्रोगेशिभ फाइनान्स रहेका छन् ।
