९ श्रावण २०८३, शनिबार

कृति भेञ्चरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने



काठमाडौ । कृति भेञ्चर फन्डले सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको निर्णयअनुसार आईपीओ बिक्री खुलाउने निर्णय गर्न माघ २२ गते विशेष साधारण सभा बोलाएको छ ।

सभा माछापुच्छ्रे क्यापिटल लिमिटेड, काठमाडौंमा दिउँसो १ बजे बस्नेछ । भेञ्चरको पोर्टफोलियामा अनलाईन फूड डेलिभरी कम्पनी फूडमान्डु, ह्वाइट लोटस मोटर्स, नेपाल वेयरहाउसिङ कम्पनी, पशुपति रिन्यूयबल्स, वाइस याक लगायतका कम्पनी छन् ।


प्रतिक्रिया दिनुहोस्