बैंकहरुको ‘नेट फि इनकम’ १३ खर्ब : तीन महिनामा ७२ प्रतिशतले बढ्यो, यस्तो देखियो र्याङकिङ्ग
काठमाडौं । ६ महिनामा वाणिज्य बैंकहरुको सेवा शुल्क आम्दानी (नेट फि इन्कम) करिब १३ अर्ब रुपैयाँ पुगेको छ ।
हाल संचालनमा रहेका २२ वटा बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय रिपोर्टले यस्तो देखाएको हो ।
सो अवधिमा बैंकहरुको नेट फि इन्कम १२ अर्ब ९४ करोड ६० लाख ३५ हजार रुपैयाँ रहेको छ । जुन गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने ११.१३ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा बैंकहरुको यो आम्दनी १४ अर्ब ५६ करोड ७८ लाख रुपैयाँ रहेको थियो ।
तर, चालु आवको पछिल्लो तीनमा महिनामा भने वृद्धि भएको देखिएको छ । गत असोज महिनाको तुलनामा भने बैंकहरुको यो आम्दानी ७४.२२ प्रतिशतले वृद्धि भएको हो । गत असोजमा बैंकहरुको यो आम्दानी ७ अर्ब ४३ करोड ९ लाख रुपैयाँ रहेको थियो ।
नबिल र एनआईसी एशियाबीच प्रतिस्पर्धा
चालु आवको ६ महिनामा नेट फि इनकममा नबिल र एनआईसी एशिया बैंकबीच प्रतिस्पर्धा देखिएको छ । चालु आवको पुस मसान्तसम्ममा सबैभन्दा धेरै नेट फि इनकम नबिल बैंकको छ । बैंकले सो अवधिमा १ अर्ब २८ करोड २७ लाख ६७ हजार रुपैयाँ सेवा शुल्क आम्दानी गरेको छ । नबिल बैंकको यो आम्दानी गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने ५६.९१ प्रतिशतले बढी हो । गत वर्षको सो अवधिमा बैंकले ८१ करोड ८७ लाख २१ हजार रुपैयाँ रहेको थियो ।
यस्तै, दोस्रो स्थानमा रहेको एनआईसी एशियाको भने २१.३५ प्रतिशतले वृद्धि भई १ अर्ब ३ करोड ९२ लाख २८ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको नेट फि इनकम ८५ करोड ६३ लाख ५५ हजार रुपैयाँ रहेको थियो । गत असोज महिनामा भने बैंकको यो आम्दानी ५७ करोड २९ लाख ८९ हजार रुपैयाँ रहेको थियो ।
ग्लोबल आइएमईसहित १० बैंकको नेट फि इनकम ५० करोड माथि
चालु आवको दोस्रो त्रैमासमा नेट फि आम्दानीको हिसाबल ग्लोबल आईएमई बैंकसहित १० वटा बैंकको ५० करोड माथि देखिएको छ ।
सो अवधिमा तेस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकको नेट फि इनकम ९४ करोड ३६ लाख ४४ हजार रुपैयाँ रहेको छ । बैंकको यो आम्दानी गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने ३.५१ प्रतिशतले वृद्धि भएको हो ।
चालु आवको ६ महिनामा एनएमबि बैंकको नेट फि इनकम ८२ करोड ९७ लाख ३० हजार रुपैयाँ, प्रभु बैंकको ७४ करोड ७४ लाख ५८ हजार, नेपाल इन्भेष्टमेन्ट बैंकको ६४ करोड ७३ लाख ७४ हजार, स्टाण्डर्ड चार्टर्डको ६२ करोड ६८ लाख ५८ हजार, सिद्धार्थको ६१ करोड २८ लाख, नेपालप एसबिआइएको ६० करोड १० लाख, माच्छापुच्छ्रे बैंकको ५८ करोड १७ लाख, प्राइम बैंकको ५५ करोड ९५ लाख र कृषि विकास बैंकको ५४ करोड २४ लाख रुपैयाँ रहेको छ ।
एभरेष्टलाई पच्छ्याउँदै कुमारी, लक्ष्मी
चालु आवको दोस्रो त्रैमासमा एभरेष्ट, कुमारी र लक्ष्मी बैंकको नेट फि इनकम उस्तै उस्तै देखिएको छ। सो अवधिमा एभरेष्ट बैंकको यो सेवा शुल्क आम्दानी ४८ करोड १० लाख रुपैयाँ, कुमारी बैंकको ४७ करोड ६९ लाख र लक्ष्मी बैंकको ४४ करोड ७० लाख रुपैयाँ रहेको छ ।
यता, हिमालयन बैंकको भने ४२ करोड ८७ लाख रुपैयाँ, सिटिजन बैंकको ४२ करोड ४९ लाख र नेपाल बैंकको ४० करोड १८ लाख रुपैयाँ देखिएको छ ।
चालु आवको पुस मसान्तसम्ममा सनराइज बैंकको नेट फि इनकम ३९ करोड ७५ लाख रुपैयाँ, सानिमा बैंकको ३८ करोड ४ लाख, राष्ट्रिय वाणिज्य बैंकको ३८ करोड ८७ लाख र सिभिल बैंकको १८ करोड ४२ लाख रुपैयाँ देखिएको छ ।













