२५ श्रावण २०८३, सोमबार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७३ लाख २३ हजार बोनस सेयर नेप्सेमा सूचीकृत, कारोबार कहिले ?



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

मंगलबार बैंकको ४ प्रतिशत बोनस बापत इन्भेष्टमेन्टको ७३ लाख २३ हजार १६ दशमलव ५३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले गत आथिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको सो बोनस सेयर सूचीकरण गराएको हो । अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।