भारतबाट बढेर आयो इन्धनको मूल्य, नेपालमा के होला ? « Arthapath.com
१८ माघ २०७९, बुधबार

भारतबाट बढेर आयो इन्धनको मूल्य, नेपालमा के होला ?



काठमाडौं । भारतबाट फेरि इन्धनको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ सूची अनुसार इन्धनको मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको हो ।

नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसबाहेक सबै प्रकारका इन्धनको मूल्य बढेर आएको छ । पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल प्रतिलिटर ७ रुपैयाँ ९८ पैसाले बढेर आए्को हो ।

यस्तै मट्टितेलको मूल्य लिटरमा ४ रुपैयाँ ८० पैसाले बढेको छ भने हवाइ इन्धन लिटरमै ७ रुपैयाँ ५० पैसाले बढेर आएको छ । भारतबाट ठूलो मूल्यमा बढेर आएको हुदाँ नेपालमा समेत बढ्न सक्ने संकेत नेपाल आयल निगमले गरेको छ ।तर अहिलेसम्म कुनै सूचना भने निगमले निकालेको छैन ।

नयाँ मूल्यपछि निगम १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ नोक्सानी हुने देखिएको छ।


प्रतिक्रिया दिनुहोस्