स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गरेको आरोपमा एक जना पक्राउ
काठमाडौं । उपत्यका प्रवेश गर्ने एक प्रमुख नाका नागढुंगामा खटिएका युवा स्वयंसेवी स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गरेको आरोपमा चन्द्रागिरिका उत्तम कार्की पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । कार्कीविरूद्ध अभद्र व्यवहारको कसूरसम्बन्धी अभियोगमा कारबाही प्रक्रिया अघि बढ्ने उनले बताए ।
कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि खटिएको भन्दै शुक्रबार दिउँसो उनीलगायतले वागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुव्र्यवहार गरेका थिए ।
















