सेयर बजारलाई असर परोस् भन्ने राष्ट्र बैंकले नियत लिएको हुँदैन : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर बजारप्रति राष्ट्र बैंक नकरात्मक नभएको बताए । नेपाल आर्थिक पत्रकार समाज नेपाल (सेजन)ले आयोजना गरेको अवार्ड कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
उनले राष्ट्र बैंक सदैव पुँजी बजारको विकास गर्न प्रतिवद्ध रहेका भन्दै कहिल्यै पनि नकरात्मक नभएको बताए । सेयर बजार बढ्ने र कहिलेकाँही घटने स्वभाविक भएको उनको भनाई थियो ।
गभर्नर अधिकारीले भने,–‘पुँजी बजारप्रति राष्ट्र बैंक नकारात्मक हुनुपर्ने अवस्था छैन । पुँजी बजार हेर्ने छुट्टै केन्द्रिकृत नियमन निकायहरू छन् । धितोपत्र बोर्डले पुँजी बजारलाई नियन्त्रण र अनुगमन गर्छ ।’
उनले राष्ट्र बैंकले वित्तीय क्षेत्रभित्रका बैंक तथा वित्तीय संस्थाहरूलाई नियमन गर्ने बताए । साही अवसरमा पुँजी बजारलाई असर परोस् भन्ने राष्ट्र बैंकको नियत नभएको पनि उल्लेख प्रष्ट पारेका थिए ।
उनले भने,–‘नेपाली पुँजी बजारमा बाफियाभित्र ७० प्रतिशत संस्थाहरू समावेश भएको कारणले राष्ट्र बैंकले यी संस्थाहरूलाई गरेको रेगुलेशनको कारण कुनै न कुनै विषयले प्रभाव परेको होला । राष्ट्र बैंकले पुँजी बजारलाई असर परोस् भन्ने नियत लिएको हुँदैन ।’













