आन्तरिक हवाइ सेवा शुरु गर्ने सरकारको तयारी, आइतबारदेखि पूर्ण क्षमतामा चलाउने योजना « Arthapath.com
९ असार २०७८, बुधबार

आन्तरिक हवाइ सेवा शुरु गर्ने सरकारको तयारी, आइतबारदेखि पूर्ण क्षमतामा चलाउने योजना



काठमाडौँ । कोरोना महामारीको दोस्रो लहर फैलिएपछि रोकिएको आन्तरिक हवाइ सेवा आगामी आइतबारबाट पुनः खुल्ने भएको छ । मन्त्रिपरिषद्ले नियमित उडानको तालिका सार्वजनिक गरी उडान गर्न निर्देशन दिएपछि उडान खोल्ने तयारी भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानहरुलाई पूर्ण क्षमतामा उडान भर्ने गरी आन्तरिक हवाइ सेवा सञ्चालन हुने भएको हो । नियमित आन्तरिक उडान कसरी गराउने भन्ने विषयमा नागरिक उड्डयन प्राधिकरणसँग आज छलफल हुन लागेको मन्त्रालयका अधिकारीले जानकारी दिएका छन् ।

गत वर्षको बन्दाबन्दी खुलेपछि सरकारले हवाइ जहाजमा ५० प्रतिशत यात्रु राखेर उडान गर्न निर्देशन दिएको थियो । तर यसरी उडान भर्न असम्भव हुने र यसले भाडा दर पनि बढ्ने भएकाले सबै सीटमा यात्रु राखेर उडाउन पाउने व्यवस्था गर्न लागिएको हो ।

यद्यपि, हाललाई कोरोनाको जोखिम कम भएका क्षेत्रमा मात्रै आन्तरिक हवाइ उडान सञ्चालन गर्ने तयारी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यस्तो जोखिमको सूची तयार पार्ने पर्यटन मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

त्यसपछि कमम जोखिम भएका गन्तब्यमा उडान भर्न सुरु गर्ने तयारी भएको छ । यसका लागि वायुसेवा कम्पनीका सञ्चालकसँग छलफल गर्ने तयारी मन्त्रालयले गरेको छ ।


प्रतिक्रिया दिनुहोस्