सनराइज बैंकको बोर्डमा भाँडभैलो, राष्ट्र बैंकले हस्तक्षेप गर्न सक्ने, संचालक समितिलाई आइतबार बोलायो « Arthapath.com
१० श्रावण २०७७, शनिबार

सनराइज बैंकको बोर्डमा भाँडभैलो, राष्ट्र बैंकले हस्तक्षेप गर्न सक्ने, संचालक समितिलाई आइतबार बोलायो



प्रोफेसनल डाइरेक्टरनै सिईओ हुँदै अध्यक्ष फेर्न लागेपछि विवाद
काठमाडौं । प्रोफेसनल डाइरेक्टरको काम बैंकमा आफ्नो प्रोफेसन दिने हो । संबन्धीत बैंक वित्तिय संस्थाको सेयर नभएको व्यक्ति नै बढिमा १ कार्यकाल मात्रै बोर्डमा रहन सक्छ । स्वतन्त्र संचालकले बैंकमा आफ्नो विज्ञता दिने हो ।

तिनै प्रोफेसनल डाइरेक्टरले बैंकमा अनैतिक हस्तक्षेप गर्न खोज्दा बैंकमा लफडा सुरु भएको छ । सनराइज बैंकको प्रोफेसनल डाइरेक्टर ओमकृष्ण जोशीका कारण बैंकभित्र लफडा सुरु भएको हो । प्रोफेसनल डाइरेक्टरको अनप्रोफेसनल हस्तक्षेपका कारण बैंकभित्र लफडा सुरु भएपछि राष्ट्र बैंकको संचालक समितिनै हस्तक्षेपको तयारी गरेको छ ।

बैंकको बोर्डमा दुई गुटमा विभाजन भएपछि नेपाल राष्ट्र बैंकको आइतबार संचालक समितिलाई छलफलको लागी बोलाएको छ । संचालकहरुविच कुरा मिल्न नसके राष्ट्र बैंकको बोर्ड नै हस्तक्षेप गर्न सक्ने राष्ट्र बैंक स्रोतले बताएको छ ।

राष्ट्र बैंकले बैंकभित्रको विवादका कारण बुझ्न आइतबार संचालकहरुलाई बोलाइएको बैंक तथा वित्तिय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए । एकैपटक मिडियामा बैंकको विवादका कुरा आएपछि हामीले बुझ्न र जनताको डिपोपजिट रक्षा गर्नको लागी बोलाएका हौं ढकालले भने । विवाद नमिल्ने र जनताको डिपोजिट रक्षा हुन नसक्ने अवस्था आएमा राष्ट्र बैंकको बोर्डनै हस्तक्षेप गर्नसक्ने पनि ढकालले बताए ।

४ महिनामात्र कार्यकाल बाँकी रहेका संचालक जोशी जाने बेलामा बैंकमा अनैतिक हस्तक्षेप गर्न थालेपछि विवाद सुरु भएको हो । ४ वर्ष अघि नारायणी नेशनल फाइनान्सको एमडी रहेका जोशी फाइनान्स सनराइज बैंकमा गाभिएपछि प्रोफेसनल संचालकको रुपमा नियुक्त गरेको थियो । करिव ४ वर्ष पुग्नै लाग्दा उनै संचालक जोशीले आफ्नो व्यक्तिगत हित पुरा नभएपछि उनले सिईओ र अध्यक्षनै हटाउने अभियानमा लागेका छन ।

राष्ट्र बैंकले नामै स्वतन्त्र संचालकको व्यवस्था गरेको छ । उनै स्वतन्त्र संचालकनै स्वतन्त्र भुमिका निभाउनुको साटो बैंकमा गुटबन्दी गर्दै आएका छन । बैंकको स्वतन्त्र संचालक मान्छे बैंकको हरेक डिपाटमेन्टमा गएर कर्मचारीसंग फाइल माग्ने कर्मचारीलाई आतंकित बनाउने काम उनै स्वतन्त्र संचालकबाट हुन थालेपछि बैंकका सिनियर कर्मचारीसमेत बैंक छोड्ने मनस्थितीमा पुगेका छन ।

सनराइज बैंकको संचालक समितिमा स्थापनाकालदेखीनै विवाद रहदै आएको छ । सनराइज बैंकको संचाकल विवाद यो नै पहिलो होइन । विगतमा पनि बोर्डमा चरम विवाद भएपछि राष्ट्र बैंकले मिलाउँदै आएको थियो । बैंकमा १ वर्ष अघि सिईओ जनक शर्मा पौडेल नियुक्त भएका हुन ।
पौडेल नियुक्त हुनुपुर्व पनि निरज श्रेष्ठलाई नियुक्त गरेर संचालकहरुकै विवादका कारण श्रेष्ठले हाजिरनै नभई छाडेका थिए । अहिले पौडेललाई हटाउन जोशी र शैलेन्द्र गुँरागाई मरिमेटेर लागेका छन । अध्यक्ष मोतिलाल दुगड पक्षले सिईओ हटाउन नहुने र म्यानेजमेन्टलाई स्वतन्त्र काम गर्न दिनुपर्ने पक्षमा रहेपछि ओमकृष्ण जोशी र गुरागाई पक्ष आफ्नो कार्यकाल सकिनै लाग्दा सिर्यओ हुँदै अध्यक्षनै हटाउने खेलमा लागेका छन ।


प्रतिक्रिया दिनुहोस्