कोरोना कोषमा बैंकहरुको सहयोग, कुन बैंकले कति दिए ? « Arthapath.com
३२ श्रावण २०७७, आईतवार

कोरोना कोषमा बैंकहरुको सहयोग, कुन बैंकले कति दिए ?



काठमाडौं । सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा आईतबार विभिन्न बैंकहरुले आर्थिक सहयोग गरेका छन ।

आईतबार अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरुले नगद रकम हस्तान्तरण गरेका छन । आईतबार रकम दिनेहरुमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले ४६ लाख ५८ हजार १ सय २९ रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले २ करोड ६९ लाख ९३ हजार १ सय ४५ रुपैयाँ, कृषि विकास बैंकले ४ करोड १० लाख १० हजार ७५ रुपैयाँ र नविल बैंकले ६ करोड आर्थिक सहयोग गरेको छ ।

त्यस्तै हालसम्म दिएका बैंकहरुम नेपाल बैंक ३ करोड ४६ लाख रुपैयाँ, सिद्धार्थ बैंकले २ करोड ६७ लाख २७ हजार ९ सय २९ रुपैयाँ, प्रभु बैंकले १ करोड ३९ लाख १८ हजार २ सय ३८ रुपैयाँ र सनराईज बैंकले ७९ लाख ४४ हजार ४ सय ७६ रुपैयाँ आर्थिक सहयोग गरेका छन ।

मौद्रिक नीति, २०७७÷०७८ मा बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्वमा आर्थिक वर्ष २०७६÷७७ को असारसम्म खर्च हुन बाँकी रकम नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्नुपर्ने व्यवस्था अनुरुप बैंकले सो रकम सहयोग गरेका हुन ।


प्रतिक्रिया दिनुहोस्