२ वर्षमै बाहिरिए पूर्वाधार विकास बैंकका सीईओ ज्ञवाली « Arthapath.com
३० मंसिर २०७७, मंगलवार

२ वर्षमै बाहिरिए पूर्वाधार विकास बैंकका सीईओ ज्ञवाली



काठमाडौं । ठुला पुर्वाधारमा लगानी गर्ने उदेश्यले स्थापित पुर्वाधार विकास बैंकको संस्थापक सिईओ अनिल ज्ञवाली राजिनामा दिएका छन । ज्ञवालीको कार्यकाल दुई वर्ष बाँकी हुँदै बाहिरिएका छन । उनि त्यसअघि ग्लोवल आईएमई बैंकको सीईओबाट पनि दुई वर्षमै छाडेका थिए ।

ज्ञवालीलाई सरकारले ४ वर्षको लागी सीईओमा नियुक्त गरेको थियो । सरकार र निजी क्षेत्रको समेत लगानी रहेको पुर्वाधार विकास बैंकमा ज्ञवालीले यही मंसिर १५ गते २ वर्ष पुरा गरेर बाहिरिए । तिन दशकभन्दा बढी विदेशी तथा स्वदेशी बैंकमा काम गरेको अनुभव संगालेका ज्ञवालीले पुर्वाधार विकास बैंकबाट राजिनामा दिएका छन ।

उनको राजिनामा पनि बैंक संचालक समितिले डेपुटी सीईओ रहेका भुपेन्द्र पाण्डेलाई कामु सीईओको जिम्मेवारी दिएको छ । २० अर्बको पुर्वाधार विकास बैंकमा सरकारको १० प्रतिशत लगानी छ ।


प्रतिक्रिया दिनुहोस्