एक साता थपियो निषेधाज्ञा, अव किरान पसल पनि खोल्न नपाइने, बैंक वित्तिय क्षेत्रलाई थप कडाइ गरिने « Arthapath.com
११ जेष्ठ २०७८, मंगलवार

एक साता थपियो निषेधाज्ञा, अव किरान पसल पनि खोल्न नपाइने, बैंक वित्तिय क्षेत्रलाई थप कडाइ गरिने



काठमाडौं । कोरोना महामारी नियन्त्रणमा नआएपछि काठमाडौं उपत्यकामा १ साता निषेधाज्ञा थपिएको छ । स्थानिय प्रशासनले कोरोना भाइरस नियन्त्रणमा नआएको भन्दै निषेधाज्ञालाई थप कडा बनाउँदै लगेको छ ।

सरकारले दोस्रो चरणमा थपेको निषेधाज्ञा १४ गतेसम्म लागु गरेको थियो । अव पुन १ सात थपेर २० गतेसम्म लम्व्याइएको छ । मंगलबार काठमाडौं उपत्यकाका ३ ओटै प्रमुख जिल्ला आधिकारीहरुको बैठकले निषेधाज्ञा १ सात लम्व्याउने निर्णय गरेको हो ।

निषेधाज्ञाको समयको समयमा पनि बजारमा चहलपहल बढेको भन्दै स्थानिय प्रशासनले यसअघि खुल्दै आएका किराना पसल, डिपाटमेन्र्ट स्टोर पनि खोल्न नदिने निर्णय गरेको छ ।

निषेधाज्ञाको समयमा विहान ९ बजेसम्म फलफुल तरकारी मासुजन्य तथा दुधलगायत अत्यआवश्यक बस्तुका पसलमात्रै खोल्न पाइने जनाइएको छ । यसअघि स्थानिय प्रशासनले बैंकका कर्मचारीलाई परिचयपत्रको आधारमा बैंक आउजाउ गर्न दिएको थियो ।

अव बैंकका कर्मचारीका सवारीलाई पनि थप कडाई गरिने जनाइएको छ । बैंकका कर्मचारी आवातजावत गर्ने सवारी विहान साँढे ९ बजेदेखी साँडे १० बजेसम्म र बेलुकी ५ बजेदेखी ६ बजेसम्म मात्रै चल्न दिइनेछ ।

Tags :

प्रतिक्रिया दिनुहोस्