सानिमा बैंकको सीईओमा पाण्डे नियुक्त « Arthapath.com
४ पुष २०७८, आईतवार

सानिमा बैंकको सीईओमा पाण्डे नियुक्त



काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निश्चलराज पाण्डे नियुक्त भएका छन् । बैंकको सञ्चालक समिति बैठकले पाण्डेलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल आगामी ११ माघदेखि कार्यकाल सकिने भएपछि अवकास लिदैछन् । कार्यकाल पुरा गरेर बैंकबाट दाहाल बाहिरिने भएपछि पाण्डेलाई १२ माघदेखि लागू हुने गरी सञ्चालक समितिको बैठकले सीईओमा नियुक्त गरेको हो । पाण्डे ८ वर्षदेखि सानिमा बैंकमा कार्यरत रहेका छन् ।

पाण्डेले फाइनान्समा स्नात्तकोर गरेका छन् । विज्ञान विषयमा स्नातक उपाधिका हासिल गरेका उनले २०५२ सालमा नबिल बैंकबाट बैंकिङ करिअर शुरु गरेका हुन् । अनुभवि बैंकर मानिने उनी अपरेशन, सेल्स एण्ड रिस्कमा छन् ।


प्रतिक्रिया दिनुहोस्