२७ वाणिज्य बैंकको लाभांश घोषणा: नबिलको अग्रस्थान कायमै, दोस्रोमा राष्ट्रिय वाणिज्य बैंक, अन्तिममा सिभिल बैंक « Arthapath.com
८ पुष २०७८, बिहीबार

२७ वाणिज्य बैंकको लाभांश घोषणा: नबिलको अग्रस्थान कायमै, दोस्रोमा राष्ट्रिय वाणिज्य बैंक, अन्तिममा सिभिल बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार हाल २७ वटा वाणिज्य बैंकहरु सञ्चालनमा छन् । सबै वाणिज्य बैंकहरुले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरिसकेका छन् । २७ वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गरेका विभिन्न वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै नबिल बैंकले ३८ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक दोस्रोमा ३३ प्रतिशत, तेस्रोमा हिमालयन बैंकले २६ प्रतिशत र चौथोंमा कृषि विकास बैंकले २१.०५२६ प्रतिशत लाभांश वितरण गर्नेछ भने सबैभन्दा कम सिभिल बैंकले ५.२६ प्रतिशत, नेपाल एसबिआई बैंकले ५.३१ प्रतिशत, सेञ्चेरी कमर्सियल बैंकले ६.०५ प्रतिशत, सनराइज बैंकले ७ प्रतिशत लाभांश वितरण गर्ने भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्