राष्ट्रिय वाणिज्य बैंकको नाफा घटेर छैटौँ स्थानमा झर्यो, अन्य सूचक कस्ता छन् ? « Arthapath.com
११ बैशाख २०७९, आईतवार

राष्ट्रिय वाणिज्य बैंकको नाफा घटेर छैटौँ स्थानमा झर्यो, अन्य सूचक कस्ता छन् ?



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा १९.९८ प्रतिशत घटेर खुद नाफा २ अर्ब ६१ करोड ६७ लाख १९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ३ अर्ब २७ करोड ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

नाफा आर्जनमा राष्ट्रिय वाणिज्य बैंक अघिल्लो आर्थिक बर्षको सोही अवधिमा तेस्रो नम्बरमा रहेको थियो । तर चालु आर्थिक बर्षको यस अवधिमा छैंठौ स्थानमा झरेको हो ।

चालु आर्थिक बर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी ०.३५ प्रतिशत घटेर ६ अर्ब ३२ करोड ३१ लाख ९२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ६ अर्ब ३४ करोड ५९ लाख २४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको सञ्चालन नाफा २३.७२ प्रतिशत घटेर ३ अर्ब ३७ करोड ४९ लाख ४१ हजार रुपैयाँ र वितरणयोग्य नाफा १ अर्ब ५० करोड ९० लाख ७१ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी ३६.८७ प्रतिशत बढेर १३ अर्ब ९४ करोड ३ लाख ५९ हजार रुपैयाँ, जगेडा कोष ९.२० प्रतिशत बढेर १६ अर्ब ४२ करोड ३ लाख ७३ हजार रुपैयाँ, निक्षेप संकलन ७.१० प्रतिशत घटेर २ खर्ब ४५ अर्ब १९ करोड ५९ लाख ५७ हजार रुपैयाँ र कर्जा १७.०४ प्रतिशत बढेर २ खर्ब ८ अर्ब १९ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्