सानिमा क्यापिटलद्धारा डिम्याट खाता नविकरण गर्न शेयरधनीलाइ आग्रह « Arthapath.com
५ असार २०७९, आईतवार

सानिमा क्यापिटलद्धारा डिम्याट खाता नविकरण गर्न शेयरधनीलाइ आग्रह



काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले हितग्राही (डिम्याट) खाता नविकरण गर्ने अनुरोध गरेको छ । क्यापिटलले सानिमा बैंक लिमिटेडमा डिम्याट खाता खोलेका हितग्राहीहरुलाई नविकरण शुल्क बुझाउन आग्रह गरेको हो ।

सानिमा क्यापिटल लिमिटेड तथा सानिमा बैंक लिमिटेडको शाखा कार्यालयहरू मार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष २०७८÷७९ सम्मको डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष १०० का दरले भुक्तानी गर्नुपर्ने व्यवस्था अनुसार २०७९ असार मसान्तभित्र उक्त शुल्क बुझाउन आग्रह गरिएको हो ।

हितग्राहीहरुले सानिमा क्यापिटल लिमिटेड तथा सानिमा बैंक लिमिटेडको आफूलाई पायक पर्ने नजिकैको शाखा कार्यालयहरूबाट भुक्तानी गर्न सक्नेछन् । साथै इसेवा, खल्ती, आइएमई पे र कनेक्ट आइपिएसबाट समेत भुक्तानी गर्ने सकिनेछ । तोकिएको समयमा वार्षिक शुल्क भुक्तानी नगरेमा डिम्याट खाता रोक्का गर्ने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्