कोरोना बीमा बन्द गरी सोधभर्नाको मोडलमा जान बीमक संघमा प्रश्ताव, पुर्नबीमा नहुँदा कम्पनी टाट पल्टिदै « Arthapath.com
२८ भाद्र २०७७, आईतवार

कोरोना बीमा बन्द गरी सोधभर्नाको मोडलमा जान बीमक संघमा प्रश्ताव, पुर्नबीमा नहुँदा कम्पनी टाट पल्टिदै



काठमाडौं । संसारमा कहीँपनि महामारीको बीमा हुँदैन । तर नेपालमा भने नियमनकारी निकाय बीमा समितिले कोरोना बीमाको पोलिसि ल्याएर बेच्न सबै नीर्जिवन बीमा कम्पनीहरुलाई निर्देशन नै दियो ।

गत विहिबार बसेको नेपाल बीमक संघको भर्चुअल बैठकमा केही बीमा कम्पनीका सीईओहरुले कोरोना बीमा बन्द गर्न प्रश्ताप राखेका थिए । कोरोना बीमा गरेका व्यक्तिलाई औषधि उपचार बापत सोधभर्ना दिने गरी प्रश्ताव आएपछि संघकै नेतृत्वले नियामनकारी निकायसंग समन्वय गर्न सकेन ।

हेल्थ इन्स्योरेन्सकै मोडलमा कोरोना बीमालाई लैजान केही बीमा कम्पनीका सीईओहरुले प्रश्ताप गरेपनि बीमा समिति र बीमक संघनै सकारात्मक बन्न सकेन । विहिबारको बैठकमा कोरोना बीमा नै बन्द गर्न केही कम्पनीका सीईओहरुले दबाब दिएपनि कुनै सुनुवाई भएको छैन ।

अहिले नक्कली पिसिआर रिपोर्ट बनाएर १ लाख रुपैयाँ दावी लिन खोज्ने गिरोहहरु सक्रिया रहेको उजुरी बीमा कम्पनीहरुमै आइरहेको छ । ५ पटकसम्म कोरोना टेष्ट गरेको जसरी पनि पोजेटिभ रिपोर्ट निकाल्ने हिरोहहरु लागिपरेको एक बीमा कम्पनीका सिईओले बताए ।

नेपालमा बर्डफ्ल्युको महामारी लागेका कुखुराको बीमा हुँदैन । तर कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेझै महामारीको बीमाबाट २० ओटा निर्जीवन बीमा कम्पनी डुव्ने खतरामा छन । शुक्रबारसम्म १३ लाख मानिसले कोरोना बीमाको पोलिसि लिइसकेका छन । कोरोनाको संक्रमण बढ्दै जाँदा कोरोना बीमा गराउने पनि बढ्न थालेका छन ।

एक बीमा कम्पनीका सीईओ भन्छन अहिले बीमा त्रासले भन्दा पनि लाख सजिलै पाइन्छ भनेर गराउने बढेका छन । कोरोना बीमा एक विकृतीको रुप लिएको छ । निजी ल्यावमा नक्कली पोजेटिभ रिपोर्टए बनाएर दावी गर्ने पनि उत्तिकै रहेका छन् । कोरोना बीमाको दावीनै १२ करोडको आइसकेको छ ।

१३ लाखले कोरोना बीमा गरेका छन । त्यसमा १० प्रतिसतलाई मात्रै कोरोना पोजेटिभ देखिएमा १ लाख ३० हजार हुनेछन । १ लाख ३० हजारलाई १ लाखको दरले दावी तिर्दा कम्पनीहरुले १३ अर्व तिर्नुपर्छ । यस्तो अवस्थामा रि–इन्स्योरेन्स नभएका बीमा गर्ला कम्पनी टाट फर्किने संभावना प्रवल छ । सरकारले कोरोना बीमालाई जुन सहयोग गर्ने भनेको थियो पुर्व सहमतीबाट सरकार पछि हटेको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्