आजदेखी जनरल इन्स्योरेन्सको ३० करोडको आइपिओ निस्कासन « Arthapath.com
११ आश्विन २०७७, आईतवार

आजदेखी जनरल इन्स्योरेन्सको ३० करोडको आइपिओ निस्कासन



काठमाडौं । आइतबारदेखी जनारल इन्स्योरेन्स कम्पनीको आइपिओ निस्कासन सुरु भएको छ । कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता सेयर निस्कासन गर्न लागैको एनआइबिएल एस क्यापिटलले जनाएको छ । कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारणको लागि आईपीओ निष्काशन खुला गरेको छ ।

जनरल इन्स्योरेन्सले १ सय अंकित दरका ३० लाख कित्ता सेयर निस्कासन गरेको हो । कम्पनीले बुधबारसम्म ४ दिन सेयर विक्री गर्ने जनाएको छ । कम्पनीको चुक्ता पुँजी १ अर्व रहेको छ । हाल प्रमोटरबाट ७० करोड लगानी भैसकेको छ भने सर्वसाधारणको लागी आइपिओ कम्पनी खुलेको तेस्रो वर्षमा निस्कासन गरेको हो ।

कम्पनीले १ लाख २० हजार कित्ता आफ्ना कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ भने २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्ममा लगानी गर्न सक्नेछन ।


प्रतिक्रिया दिनुहोस्