नेपाल इन्भेष्टमेन्ट बैंकले सवा २ अर्ब बढी आर्जन गर्यो, निक्षेप संकलन १ खर्ब ६६ अर्ब « Arthapath.com
८ माघ २०७७, बिहीबार

नेपाल इन्भेष्टमेन्ट बैंकले सवा २ अर्ब बढी आर्जन गर्यो, निक्षेप संकलन १ खर्ब ६६ अर्ब



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आथिक बर्षको दोस्रो त्रैमासमा रु. २ अर्ब २६ करोड ६५ लाख खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधीमा बैंकले रु. २ अर्ब ३८ करोड ८ लाख खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, बैंकले चालु आवको दोस्रो त्रैमासमा मात्र रु. १ अर्ब ३७ करोड ५४ लाख रुपैयाँ, वितरणयोग्य नाफा ४९ करोड ३८ लाख ३८ हजार रुपैयाँ रहेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ ।

पौष मसान्तसम्म बैंकले निक्षेप संकलन १ खर्ब ६६ अर्ब ३५ करोड ६७ लाख रुपैयाँ, कर्जा प्रवाह १ खर्ब ३८ अर्ब १ करोड ९६ लाख रुपैयाँ गरेको बैंकले जनाएको छ । त्यस्तै, बैंकले कर्जा प्रवाहबाट ब्याज आम्दानी ७ अर्ब २९ करोड ७९ लाख रुपैयाँ गरेको छ । बैंकको खुद व्याज आम्दानी भने २ अर्ब ९८ करोड २४ लाख रुपैयाँ रहेको छ ।

हाल बैंकको चुक्तापुँजी १४ अर्ब २४ करोड ८९ लाख रहेको छ । बैंकले आफ्नो जगेडामा भने रु. १२ अर्ब १५ करोड ३७ लाख जम्मा गरेको छ । वित्तिय विवरण अनुसार बैंकको प्रति शेयर आम्दानी १९.७१ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्