बीमा व्यवसायमा औसत १५ प्रतिशतको नाफा राम्रो हो « Arthapath.com
२८ फाल्गुन २०७७, शुक्रबार

बीमा व्यवसायमा औसत १५ प्रतिशतको नाफा राम्रो हो



कोरोनाले बिजनेस ग्रोथमा कुनै असर गरेन ।

८५ प्रतिशत एफडी १० प्रतिशतभन्दा बढी ब्याजमा छ ।

नयाँ कम्पनीमध्ये सेयरहोल्डर र पोलिसीहोल्डरलाई बेस्ट रिटर्न दिन्छौं ।

बीमामा अहिले मर्जरको आवश्यकता छैन ।

पोषकराज पौडेल, सीईओ, सिटिजन्स लाइफ इन्स्योरेन्स लि.

नयाँ कम्पनी लाइसेन्स लिएर चलाउन कत्तिको गाह्रो रैछ ?

त्यस्तो गाह्रो छैन, स्थापनाकालमा एक प्रकारको गृहकार्य र संगसगै विजनेश पनि गर्नुपर्ने हुन्छ । मानव शंसाधनको विकासमा एकदमै गाह्रो अवस्था थियो । एकैपटक नयाँ कम्पनी धेरै आउँदा । बीमा जागरणको सवालमा पनि अलिकती गाह्रो थियो । पहिले स्थापनाकालमा कर्मचारीको समस्या एकदमै थियो अहिले समाधान हुँदै आयो कम्पनी एक लेवलमा स्थापित बनिसक्यो ।

जिरोबाट सुरु गरेर बजारमा पुराना कम्पनीसंग प्रतिस्प्रर्धा गर्न गाह्रो छ हैन ?

जिरोबाट सुरुगर्दा अवसर र चुनौती दुबै छ । कम्पनीको ब्राण्डिङ गरेर चिनाउन एउटा च्यालेन्जिङ छ दोस्रो कुरा नयाँ पनि नयाँ सर्भिस, म्यानपावर पनि आफुले भनेअनुसारको व्यवस्था गर्न सकिने अवसर पनि छ । पुराना कम्पनीका कर्मचारी भने अनुसारको राख्न पाइन्न । नयाँ हिसायले लैजादा च्यालेन्ज पनि उत्तिकै छ ।

२ आवको व्यालेन्ससिट निकालेर कम्पनी कुन अवस्थामा आइपुगेको छ ?

कम्पनी धेरै स्ट्रङ अवस्थामा छ । हाम्रोसंगै खुलेका कम्पनीहरुमा हामी दोस्रो नंबरमा छौं । विजनेश, पोलिसि र नाफाकबो हिसावले पनि । स्थापनाकालमा हामी निक्कै तल थियौं । क्वालिटी अफ विजनेश, फाउण्डेसन हेर्दा हाम्रो पोजिसन एकदमै स्ट्रङ छ ।

आईपिओ कहिले आउँछ ?

आइपिओको लागी हामी तयारी अवस्थामा छौं । केही महिनामा यसै आर्थिकवर्षभित्रैमै आइपिओ ल्याउनेगरी काम गरिरहेका छौं ।

तपाईँहरुसंगै खुलेका कम्पनीहरुले आइपिओ ल्याइसके, तपाईँकोचाँही ढिला भएन ?

हामी पनि द्रुत गतिमा काम गरिरहेका छौं । हामी अघि २ ओटा लाप्m इन्स्योरेन्सले आइपिओ ल्याइसके हामी पनि काम गरिरहेका छौं । ढिलो भयो भन्ने लागेको छैन आफ्नो टाइमलाइनमा ल्याउँछौं ।

नयाँ कम्पनीलाई विजनेश ग्रोथ गर्न गाह्रो परेको हो ?

पुराना कम्पनीलाई हेर्नुभयो भने उनिहरुलाई १ सय करोडको विजनेश गर्न १०÷१२ वर्ष लागेको थियो । सिटिजन्स लाइफले दोस्रो वर्षमै १ सय करोड विजनेश कटाएको छ । यो हिसावले विजनेश गर्न गाह्रो भएको म मान्दिन ।

प्रतिस्प्रर्धा कत्तिको छ ?

प्रतिस्प्रर्धा टप्स छ । यो प्रतिस्प्रर्धा सबै सेक्टरमा रहन्छ । सानो उद्योगदेखी सबै क्षेत्रमा प्रतिस्प्रर्धा हुनुपर्छ । प्रतिस्प्रर्धालेनै राम्रो सर्भिस पाउने वातावरण बनाउँछ ।

कोरोनाको कारण जिवन बीमाको प्रिमियम उठ्न गाह्रो भएको छ भनिन्छ नि ?

एक लेवलमा हो । कोरोनाले मानिसको आर्थिक गतिविधी कम भयो । केही सेक्टरको् मानिसको आन्दानी नै घट्यो । उनिहरुको पोलिसि किन्ने र प्रिमियम तिर्ने अवस्था रहेन । अन्य क्षेत्रमा काम गर्नेहरुको पनि आन्दानी घट्यो त्यसले प्रिमियम उठ्न कम भयो । हामीले कोरोनाको बेलामा प्रिमियम तिर्ने नसक्नेलाई बिलम्ब बापतको दस्तुर लिएनौं ।

प्रिमियमनै नउठेकोचाँही कति प्रतिसत छ ?

साउथ एसियामै हेर्नुहुन्छ भने १५/२० प्रतिसत प्रिमियम बार्षिक रुपमा ल्याप्स हुन्छ । नर्मल अवस्थामा पनि यस्तो ल्याप्स हुन्छ । नेपालमा पनि १० देखी १५ प्रतिसत ल्याप्स देख्छु मैले ।

थप नयाँ बीमा कम्पनीले पनि लाइसेन्स दिने हल्ला छ, मर्जरको कुरा पनि चलिरहेको छ, किन यस्तो भैरहेको छ ?

नयाँ बीमा कम्पनी आउने कुरा सुनेको छैन मैले । रिइन्स्योरेन्सको कुरा धेरै सुनिएको छ । ओभर द पिरियडमा कम्पनी सर्भाइभ गर्ने र कम्पनीले मर्ज हुँदाखेरिको बेनिफिट देख्यो भने अगाडी जाने कुरा दुइटा कम्पनीले डिसिजन गर्ने हो । यो त नर्मल फेनामेना हो । आजको दिनमा कसैले हामवर्क गरेको जस्तो लाग्दैन मलाइ ।

मर्जरमा जानुपर्ने बाध्यता होकी २० वटा कम्पनी चल्ने बजार छ नेपालमा ?

नेपालमा २० वटा बीमा कम्पनी चल्ने बजार छ । लगभग एक चौथाइको लाइनमा भन्दा पनि तल नै छौँ । लाइफ इस्योरेन्सको हेर्दा २०–२२ प्रतिशतमा छाँै, टोटल २७ प्रतिशतको कुरा गरेपनि । त्यो ४०–४५ मा पुग्नका लागि यहि कम्पनी चलिराख्यो भने पेण्डेशन बढाउँछ । कम्पनी थोरै हुने वित्तीकै कम्पिटीशनको मात्रा वा रिस्कको मात्रा कम भएर कम्पनीलाई असर गर्छ । पेण्डेशन कम भएकाले यति कम्पन छन् । सबै सस्टेन गर्छ । पेण्डेशन लेभल बढेपछि आफै मर्ज हुन जान्छ ।

भनेको मतलव तत्काल मर्जरको आवश्यकता छैन ?

आवश्यकता त कम्पनीमा भर पर्ने हो । इण्डेक्स तिर हेर्दा सबैले राम्रो पर्फमेनस गरिरहेको छ । सबैको प्रोफिटीबिलीटी हेर्ने हो भने २० कम्पनीले १५ करोड बेसमा प्रोफिट दिइरहेको छ । नयाँ कम्पनीले १५ करोडको एभ्रेजमा प्रोफिट दिनु भनेको राम्रो हो । त्यसैले प्रोफ्याब्लिटि, विजनेश हेर्दा एभ्रेजमा सस्टेनबल छन सबै कम्पनीहरु ।

कोरोना महामारीमा पनि इन्स्योरेन्स कम्पनीले धेरै कमाए भन्छन् नी ?

धेरै कमाएको छै । तपाइले एउटा, दुइवटामा हेर्नुभयो । त्यहिमाथि इण्टरेस्ट घट्यो १० प्रतिशतबाट अअिले घटेर ६ प्रतिशतमा छ । विजनेशको ग्रोथमा इम्प्याक् गरेन भन्ने हो । विजनेश इण्डष्ट्री धेरै तल रह्यो, इन्स्योरेन्सको इण्डष्ट्री कम हुनुको कारण जव–जव रिस्क हुन्छ, जव जोखिम बढ्छ, जव चुनौतीहरु आउँछन् नी त्यो बेला काम लाग्ने भनेको इन्स्योरेन्स सेक्टर नै हो । तपाइँलाई आपत्–गाह्रो पर्दा हेर्ने सरकापछिको दोस्रो संस्था इन्स्योरेन्स सेक्टर हो । त्योबेला इन्स्योरेन्स फस्टाउने, इन्स्योरेन्सका चर्चा हुने, इन्स्योरेन्सले फाइनान्स एक्टिभ हुने कुरा नर्मल हो नी ।

आइपीओ पछि लगानीकर्तालाई प्रतिफल दिने अवस्था छकी छैन ?

सिटिजन्स लाइफले कम्पिटिशनको हिसावले बेस रिटर्न दिन्छ । कम्पीटिशन कम्पनीकोभन्दा हामी सिटिजन्स लाइफका इन्भेष्टर, प्रमोटरहरुले गुड रिटर्न पाउँछ । पोलिसिहोल्डर, स्टाफहरुले गुड फाइनानिसयल भ्याल्यू पाउँछन् ।

बैंकको ब्याजदर कम भएको बेला बीमा कम्पनीको नाफामा कति असर गर्यो ?

यसमा दुइटा पाटो छ । लङ टर्म र सर्ट टम इन्भेष्टमेण्ट कस्तो छ भन्ने हुन्छ । यसले ब्याजदर बढि भएको बेलामा जसले लङ टर्म ६–७ बर्ष एफडि हालेर बसे त्यसको कम इम्प्याक्ट गर्छ । जसले सर्ट टममा लगानी गरेका छन् । त्यो बेलामा एक बर्ष लगानी गर्नेहरुका लागि सस्टेन एक बर्षका लागि मात्रै हुन्छ । १०–११ को ६ मा आएर लगानी गर्दा त्यो कम्पनीलाई बढि असर गर्छ । जसले १० हुँदा नै पुरै लङ टर्म हालेर बसेका छन् त्यसलाई कम असर गर्ने भयो । त्यसैले बैंकको इण्टेष्ट रेटले फरक पर्ने कुरा कस्तो हो भने कम्पनीले कस्तो स्टाटिजी लिएको छ त्यहि अनुसार हो । सिटिजन लाइफको केशमा ८५ प्रतिशतभन्दा बढि लगानी १० प्रतिशतभन्दा माथि लगानी छ । त्यसैले हामीलाइ आजको मितिसम्म धेरै असर गरेको छैन ।

नयाँ स्टाटिजी के छ नयाँ ?

हाम्रो स्टाटिजी सिम्पल छ । एजेन्सि जुन डिस्टिब्यूसन फोर्स छ उनीहरुलाई प्रोफेशनल बनाउने, उनीहरुलाई मोर क्लिनीङ डेभलप गर्ने र प्रोफेशनल भएपछि कस्टमरलाई बेच्ने प्रोडक्टहरुमा रिवार्ड गर्ने, स्किल डेभलपभेण्ट गर्ने, क्षमता अभिबृद्धि गर्न पहिलो प्राथमिकता हो । उनीहरुको स्किललाई प्रोफेशनल भयो भने कस्टमरले बेस्ट सर्भिस पाउँछ र कम्पनीहरुलाई पनि लङ टम सम्म फाइदा भैरहन्छ । त्यहि नै हो कम्पनीको सम्पत्ति, हाम्रो एजेन्सि नै सबभन्दा बेस्ट रिसोर्स हो सेल्सर त्यहि लेभलमा हाम्रो स्टाफलाई पनि क्षमता बृद्धि गराउने, रेगुलर्ली ट्रेन गर्ने, डेभलप गर्न र लङटममा उनीहरुलाई भ्याल्यू प्रर्पाेटीको रुपमा अगाडी बढाउने हो ।

के छ बजारमा एग्रेसिभली जाने प्लान हो ?
एग्रेसिभली होइन, हाम्रो ४ ओटा लाइन छ । एग्रेसिभ भएर सष्टेनेवल हुनुपर्यो । च्यालेन्जिङ भित्र पनि संक्सेवल हुनुपर्यो । ४ ओटा थ्योरीमा बसेर काम गरिरहेका छौं ।


प्रतिक्रिया दिनुहोस्