प्रधानमन्त्रीलाई संसदले दिएन विश्वासको मत, ओलीको पक्षमा ९३, विपक्षमा १२४ र तटस्थमा १५ मत, ३९ सांसद अनुपस्थित « Arthapath.com
२७ बैशाख २०७८, सोमबार

प्रधानमन्त्रीलाई संसदले दिएन विश्वासको मत, ओलीको पक्षमा ९३, विपक्षमा १२४ र तटस्थमा १५ मत, ३९ सांसद अनुपस्थित



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा मागेको विश्वासको मतमा ९३ सांसदले मात्र प्रधानमन्त्रीले पक्षमा मतदान गरेका छन । संबिवधान अनुसार संसदमा कायम सदस्य संख्याको बहुमत नपुगेपछि प्रधानमन्त्री स्वत पदमुक्त हुनेछन् ।

संसदमा उपस्थित २३२ सांसदमध्ये प्रधानमन्त्रीलाई विश्वासको मत दिने ९३ पक्षमा सांसद देखिएका छन । ३९ जना सांसद उनउपस्थित रहे भने १ सय २४ जनाले विपक्षमा मतदान गरेका छन । प्रधानमन्त्रीले मागेको विश्वासको मत नपुगेको हो ।

संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रधानमन्त्री संविबधान अनुसार कामचलाउमा परिणत भएका छन । एमालेको माधवकुमार नेपाल पक्षका ८ जना मात्रै सांसद उपस्थिती भएका थिए ।


प्रतिक्रिया दिनुहोस्